रोल्पाको रुन्टीगढी गाउँपालिकाद्वारा तरकारी करमा छुट

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको छ । यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करको रुपमा तरकारी कर बुझाउँदै आएका थिए ।
तरकारी उत्पादक कृषकले यसअघि प्रतिकिलो ५० पैसाका दरले तरकारी कर तिर्ने गर्दथे । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । नीति तथा कार्यक्रममा कृषकले तिर्दै आएको सो कर नलिने निर्णय भएको छ । उक्त निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ ।
यस क्षेत्रका कृषकले वार्षिक १० लाख किलोभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष जनक पुनले आम्दानीको मुख्य स्रोतको रुपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाइदै आएको कर नलिने निर्णय गरेको बताए । गाउँपालिकामा टमाटर, बन्दा, खुर्सानी, भान्टा, सिमीजस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ । यहाँ उत्पादित तरकारी दाङको घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्जलगायतका सहरमा जाने गर्दछ ।
गाउँपालिकाको यो निर्णयले कृषकलाई राहत पुग्ने कृषक जयबहादुर बस्नेतले बताए । रुन्टीगढीका अधिकांश वडा तथा त्रिवेणी गाउँपालिकाको बूढागाउँ, नुवागाउँ, जुगारलगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया