बुधबार, वैशाख १२, २०८१

आबेको नेपालमा आज राष्ट्रिय शोक, कुनै औपचारिक कार्यक्रम नहुने

मेरोन्यूज २०७९ असार २५ गते ८:१५

काठमाडौं । नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति गहिराे दुःख व्यक्त गर्दै उनको सम्मानमा आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय आबेको सम्मानमा शनिबारलाई राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो । बैठकले पूर्वप्रधानमन्त्री आबेको गोली प्रहार गरी हत्या भएकामा उक्त निन्दनीय कार्यको भत्सर्ना पनि गरेको छ । 

नेपाल सरकारले उनको निधनप्रति दुःख व्यक्त गर्दै जापान सरकार, जापानी जनता र स्व आबेको परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । 

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ । 

प्रतिक्रिया