बिहीबार, वैशाख १३, २०८१

पहिरोले मालढुंगा-बेनी सडक अवरुद्ध

मेरोन्यूज २०७९ असार २५ गते ७:१३

पर्वत । कालीगण्डकी करिडोर अन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ ।

शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भीरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारीसाधन खनियाघाटमा अलपत्र छन् । अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारीसाधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् ।

निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया