बाजुराको बुढीगंगा नगरपालिकामा एमालेको अग्रता
मेरोन्यूज
२०७९ असार २५ गते ६:३९

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह)ले ९१९ मत छ । रीता २३ वर्षीया हुन् ।
हालसम्म वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भन् वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थिथयो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।
पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया