शुक्रबार, चैत १६, २०८०

धेरै बच्चा जन्माउनेलाई चीन सरकारको प्रोत्साहन

मेरोन्यूज २०७९ असार २४ गते २१:३२

काठमाडौँ । राष्ट्रको जनसंख्या बढाउन र देशको श्रम शक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलालाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।

देशमा गम्भीर जनसांख्यिक संकट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।

गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसंख्या एक अर्ब ४० करोड १३ रहेको र नवजात शिशुको संख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । नवजात शिशु र काल गतिले मर्ने चिनियाँ नागरिकको संख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।

दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीन वटासम्म सन्तान जन्माउन पाउने भएका छन् । तर, विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् । एक महिला उक्त सुविधाबाट वञ्चित छन् ।

चिनियाँ महिलाको बढ्दो शैक्षिक र आर्थिक विकासले उनीहरूको विवाह गर्ने प्रवृत्ति पुरुषको तुलनामा कम छ । गत वर्ष, बेइजिङले नयाँ जनसंख्या र परिवार योजना कानून जारी गरेको थियो । जसले चिनियाँ दम्पतीलाई तीन वटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीमा नरहेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया