शुक्रबार, चैत १६, २०८०

पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७९ असार २४ गते २१:१४

काठमाडौँ । सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बीआर ३० एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो ।

बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई जाँच गरेको थियो । जाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले अवधेशको साथबाट पोको कम्पनीको २ थान मोबाइल पनि बरामद गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया