फोनिज युकेबाट दुई पत्रकार सम्मानित
मेरोन्यूज
२०७९ असार २४ गते २०:२६

काठमाडौँ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) युके सम्मान र पुरस्कारबाट दुई जना सम्मानित भएका छन् । फोनिज केन्द्रीय समितिद्वारा आयोजित समारोहमा उक्त पुरस्कार वितरण गरिएको हो ।
फोनिज युके सम्मान २०२२ बाट फोनिजका पूर्व कोषाध्यक्ष टीकाराम प्रधान र फोनिज युके पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा पुरस्कृत भएका हुन् ।
उनीहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया