सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
मेरोन्यूज
२०७९ असार २४ गते १९:५७

काठमाडौँ । नेपाल सरकारले जापानी पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार मात्र हत्या भएको हो ।
चुनावी सभालाई सम्बोधन गरिहेका बेला आबेमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गर्दै भोलि शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूले आबेको निधनप्रति श्रद्धाञ्जलि दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया