शनिबार, वैशाख ८, २०८१

थप चार जनामा हैजा पुष्टि, ललितपुरमा पनि देखियो

मेरोन्यूज २०७९ असार २४ गते १९:५२

काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले थप चारमा हैजाका बिरामी भेटिएको जानकारी दिएका हुन् ।

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजा लाग्नेको संख्या २७ पुगेको छ । उनका अनुसार कागेश्वरी मनहरा ६ का तीन र ललितपुर महानगरको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला रहेका छन् । कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचारपछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया