मंगलबार, वैशाख ११, २०८१

नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७९ असार २४ गते १९:३४
फाइल फोटो

काठमाडौं । सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।

यस अगाडी एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको विधेयक भने सरकारले ४ वर्षपछि आजै संसदबाट फिर्ता लिएको थियो । त्यसपछि सरकारले नयाँ विधेयक फेरि दर्ता गर्ने निर्णय गरेको हो ।

यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

यस अगाडी केपी ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते नागरिकता विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाले विधेयकलाई दफावार छलफलका लागि २०७५ भदौ ५ मा राज्यव्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । झन्डै २ वर्ष लगाएर समितिले बहुमतका साथ विधेयक पारित गरेको थियो । समितिको प्रतिवेदन तत्कालीन सभापति शशी श्रेष्ठले २०७७ असार ९ गते प्रतिनिधिसभाको बैठकमा पेस गरेकी थिइन् । त्यसपछि भने यो विधेयकमा छलफल नै हुन सकेको थिएन ।

प्रतिक्रिया