मंगलबार, असोज १८, २०७९

नेकपा एसको प्रमुख सचेतकमा यादव

मेरोन्यूज २०७९ असार २४ गते १९:०७

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको ३१ औँ बैठकले पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा हर्कबहादुर सिंहलाई जिम्मेवारी प्रदान गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी देशभर व्यापक रुपमा पार्टी संगठन, जनवर्गीय संगठन विस्तारगरी चुनावी अभियानमा क्रियाशील हुने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया