शुक्रबार, वैशाख ७, २०८१

बुढीगंगामा एमालेका उम्मेदवार अग्रता कायमै

मेरोन्यूज २०७९ असार २४ गते १८:५८

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणनामा हजार मत गणना भएको छ । अहिले वडा नं १ र १० को मत गणना भइरहेको छ ।

मत गणना भएको मध्ये एमालेले मेयरमा ५२० मत ल्याउँदै अग्रता कायम गरेको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले ४२७ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याउँदा कांग्रेसले ५१२ मत पाएको छ ।

मेयर पदका लागि कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।

प्रतिक्रिया