शुक्रबार, वैशाख १४, २०८१

हरेक इजलासमा ३२ वटा मुद्दा फर्स्याैट गर्ने सर्वोच्चको तयारी

मेरोन्यूज २०७९ असार २४ गते १८:४५

काठमाडौँ । सर्वोच्च अदालतले हरेक दिन इजलासमा ३२ वटा मुद्दा फस्र्यौट गर्ने गरी मुद्दा व्यवस्थापन रणनीति लागू गर्ने भएको छ । अदालतमा पुराना मुद्दाको छिनोफानो हुन नसकेर थुप्रिँदै गएपछि कार्य योजना बनाएर पुराना मुद्दा फस्र्यौट गर्ने गरी व्यवस्थापन रणनीति लागू गर्ने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै सर्वोच्चले अदालतमा विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा शुन्यमा पु¥याउने लक्ष्य राखेको जनाएको छ । मुद्दालाई शुन्यमा झार्न प्रतिदिन प्रत्येक इजलासमा ३२ वटा मुद्दा फस्र्याैट गर्नु पर्ने अदालतले बताएको छ ।

पुराना मुद्दाको चाप घटाउन शुक्रबार आधा दिनको कार्यालय समय बढाएर बेलुका ५ बजेसम्म राख्ने योजना रहेको अदालतले जनाएको छ । पत्रकार सम्मेलनमा अदालतका सहायक रजिस्ट्रार विमल पौडेलले विचाराधीन अवस्थामा रहेका पुराना मुद्दा र सर्वोच्च अदालतमा ५ वर्षसम्म रहेका मुद्दालाई मुद्दा व्यवस्थापन प्रतिवेदनले तोकेअनुसार काम गर्ने बताए ।

अदालतले तयार गरेको कार्य योजनाअनुसार पाँच वर्ष पूरा भएका र रिट दर्ता भएर ३ वर्षदेखि पेसी नतोकिएका मुद्दाको पेसी पुनः स्थगित नहुने गरी तोकिने व्यवस्था कार्य योजनामा राखिएको छ । पत्रकार सम्मेलनमा अदालतका मुख्य रजिस्ट्रार नारायाण पन्थीले पुराना मुद्दाका पेसी नसर्ने गरी काम गर्न कानून व्यवसायीले समेत सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।

प्रतिक्रिया