बुधबार, वैशाख १२, २०८१

जसपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन आग्रह

मेरोन्यूज २०७९ असार २४ गते १७:४६

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी २९ र ३० गते वीरगञ्ज महानगरपालिकामा पार्टीको केन्द्रीय समितिको बैठक हुने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै जसपाले आफ्नो पार्टीको आधिकारिक केन्द्रीय समितिको बैठक वीरगञ्जमा हुने जनाएको हो ।

जसपाले उक्त बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई आह्वान गर्दै अन्य स्थानमा कुनै प्रकारको बैठक नभएको उल्लेख गरेको छ । ‘जसपाको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार २०७९ साल आषाढ २९ र ३० गते वीरगञ्ज महानगर पर्सामा केन्द्रीय समितिको बैठक बस्ने भएको छ, उक्त बैठकमा सहभागि हुन केन्द्रीय सदस्यहरूलाई सूचित गरिन्छ, केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा सोही दिन विस्तारित बैठक काठमाडौँमा बस्ने भ्रम फैलाइरहेको बुझिन आएको हुँदा सो दिन पार्टीको कुनै आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बैठक आह्वान गरका छन् भने कार्यकारिणी अध्यक्ष बाबुराम भट्टराईले काठमाडौँमा बस्ने गरी बैठक आह्वान गरेका छन् ।

प्रतिक्रिया