शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्राधनमन्त्रीको निधनप्रति दुःख व्यक्त

मेरोन्यूज २०७९ असार २४ गते १७:२९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अवेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘पूर्व प्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ, मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनु हुन्थ्यो, यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’

जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार विहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।

गोली लागि गम्भिर घाइते भएका उनलाई उपचारको लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोपाणा अस्पतालले गरेको हो ।

अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

Advertisement

प्रतिक्रिया