शनिबार, वैशाख ८, २०८१

एनआईसी बैंकद्वारा तीन जनालाई बीमा रकम भुक्तानी

मेरोन्यूज २०७९ असार २४ गते १७:१४

काठमाडौँ । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका तीन जनालाई घातक रोगको बीमावापत प्रतिव्यक्ति १० लाख रुपैयाँको दरले कूल ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेमा स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेलीज्यू, जाजरकोट शाखामा बचत खाता खोलेका प्रचण्ड जंग शाहज्यू र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहराका सञ्जित तामाङ रहेका छन् ।

निज लाभदायीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

बैंक मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

प्रतिक्रिया