बिहीबार, वैशाख १३, २०८१

नागरिक विधेयक फिर्ता गरी नयाँ ल्याउने सरकारको तयारी

मेरोन्यूज २०७९ असार २४ गते १६:४०

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पुनः नागरिकता विधेयक ल्याउने बताएका छन् । संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ताको प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘दलहरूको बीचमा सहमति गरेर नयाँ विधेयक ल्याउँछौँ,’ उनले भने, ‘नयाँ विधेयक ल्याएर जतिसक्दो छिटो पास गराउने उद्देश्यले सरकारले विचाराधीन विधेयक फिर्ता लिएको हो ।’

विचाराधीन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय सबै दलका शीर्ष नेताको सहमतिमा गरिने उनको दाबी थियो । ‘नागरिकताको समस्या सम्बोधन गर्न फिर्ताको प्रस्ताव ल्याएको हो,’ उनले भने ।

प्रतिक्रिया