शुक्रबार, वैशाख ७, २०८१

देशभर थप ९८ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७९ असार २४ गते १६:२९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १५४ जनाको स्वास्थ परीक्षण हुँदा ९८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभर ५६४ जना सक्रिय संक्रमित रहेका छन् । सोही अवधिमा २७ जना कोरोना संक्रमित निको भएका छन् ।

प्रतिक्रिया