महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा पत्रकार पक्राउ

काठमाडौँ । महिलामाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पत्रकार पक्राउ परेका छन् । दाङका पत्रकार गणेश आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
एक महिलाले उनीमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएपछि काठमाडौंको स्वयम्भुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।
उनलाई पक्राउपछि म्याद थप गरी मुद्दा दायर गरिएको एसपी मैनालीले मेरोन्यूजलाई बताए ।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।
ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया