शुक्रबार, चैत १६, २०८०

देउवा सरकार हट्नु पर्ने भन्दै ओलीले भने : ज्ञानेन्द्र शाहको अन्तिम सम्बोधनको ड्राफ्ट तयार पारेँ

मेरोन्यूज २०७९ असार २४ गते १५:३७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको सरकार नराम्रा कामको थुप्रो भएको बताएका छन् । उनले देउवाको सरकार तत्काल हट्नु पर्ने ओली बताए ।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अब अति भयो, अतिबाट पनि अति भयो, यो सरकार स्वीकार्य हुन सक्दैन, यो सरकारको काम छैन, अबिलम्ब हट्नु पर्दछ, लाज नभएका व्यक्तिहरु त्यहीअनुहार देखाएर ठिङ ठिङ बाटोमा हिँडिरहेका छन् ।’

यस्तै, उनले यो सरकारले राम्रो काम नगरेको र नराम्रो मात्रै गरेको भन्दै भने, ‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको दखाओस् त ?’

सोही क्रममा बोल्दै ओलीले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउन नसक्ने बताए ।

‘कांग्रेस त निरीह नै बोल्नै नसक्ने भयो, मन्त्रीले जे गरे पनि कांग्रेस त हेरेको हेर्‍यै,’ ओलीले भने, ‘कांग्रेसको हुती नै छैन, दम छैन, यसपटक मन्त्रीले आफैं राजीनामा दिएर हो, प्रधानमन्त्रीससँग मन्त्री निकाल्ने हुति छ र ?’

Advertisement

सोही क्रममा बोल्दै अध्यक्ष ओलीले जनआन्दोलन २ को अन्तिम दिन वैशाख ११ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार पारेको दाबी गरे ।

प्रतिक्रिया