शुक्रबार, वैशाख ७, २०८१

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

मेरोन्यूज २०७९ असार २४ गते १४:४९

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो।
गोली लागेपछि उनी सडकमै ढलेका थिए।

उनी ढलेको ठाउँमा रगत देखिएको थियो। स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । भेन्टिलेटरमै उपचारका क्रममा उनको मृत्यु भएको हो ।जापानका

पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार, भेन्टिलेटरमा राखेर उपचार हुँदै

प्रतिक्रिया