बिहीबार, असोज १३, २०७९

नयाँ नागरिकता विधेयक पारित गर्न आज मन्त्रीपरिषदको बैठक बस्दै

मेरोन्यूज २०७९ असार २४ गते १३:५७

काठमाडौं । आज मन्त्री परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बेलुका ५ बजे बस्ने बोलाइएको छ । बैठकले संसदमा पेस हुने नयाँ नागरिकता विधेयकका विषयमा छलफल हुने सकेसम्म आजै पारित गर्ने तयारी रहेको एक मन्त्रीले बताए।

(आज) शुक्रबार बिहान प्रधानमन्त्री देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नागरिकतामा नयाँ विधेयक तयारीको छलफलका लागि बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया