शुक्रबार, मंसिर १६, २०७९

ललितपुरमा २४ वर्षीया महिला बलात्कृत 

मेरोन्यूज २०७९ असार २४ गते १३:३७

ललितपुर । ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र माेरङ बुढिगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय इलिभास मिया रहेका छन् ।

उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो डेरा कोठामा लगी आइतबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो ।

Advertisement

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया