शुक्रबार, वैशाख ७, २०८१

यौन हिंसा घटनामा पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने संसदीय समितिको निर्णय 

मेरोन्यूज २०७९ असार २४ गते १३:१५

काठमाडौं । संसदको कानुन न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको छ । हिंसा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । समितिले विधेयकमा जुटाएको सहमति अनुसार अब यौन हिंसाका पीडकलाई गरिएको जरिवाना राज्यकोषमा जम्मा हुने छ ।

प्रचलित व्यवस्था अनुसार पीडितलाई पीडकबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छ’ भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरुले यसमा पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनु पर्ने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया