मंगलबार, वैशाख ११, २०८१

कांग्रेसको दक्षिणपन्थी वैशाखीलाई मिल्काइदिऔं : प्रमुख सचेतक भट्टराई

मेरोन्यूज २०७९ असार २४ गते १२:०३

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य खिमलाल भट्टराईले कम्युनिष्ट मिलेको हेर्न चाहना जनतामा रहेको बताएका छन् । राष्ट्रियसभाका प्रमुख सचेतक भट्टराईले देशलाई बर्बादीबाट रोक्न पनि कम्युनिष्ट मिल्नुपर्ने उल्लेख गरेका छन् ।

‘नमिल्दा कांग्रेसले फाइदा लिन्छ । यसो हुँदा देशमा न संविधानको सही कार्यान्वयन, न विकास र समृद्धि, न राष्ट्रिय स्वाधिनताको रक्षा र प्रवर्द्ध नै हुन्छ । देशको अवस्था झनै बर्बादीतिर जानेछ’, भट्टराईले लेखेका छन् ।

देशमा पश्चगमनको आधार तयार हुँदै गरेकाले कम्युनिष्टहरुले टुलुटुलु हेरेर बस्न नमिल्ने पनि लेखेका छन् । ‘कांग्रेसको दक्षिणपन्थी वैशाखीलाई मिल्काइदिऔं र वाम मेलमिलापको आधार तयार पारौं । यसबाट नै देश र जनताको भलाई हुनेछ’, भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया