बुधबार, जेठ २, २०८१

सशस्त्र प्रहरीमा इन्स्पेक्टरको बढुवाका लागि ७ दिनभित्र आवेदन दिन आह्वान

मेरोन्यूज २०७९ असार २३ गते १३:०८


काठमाडौं
। सशस्त्र प्रहरीमा प्राविधिक समूह, स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा प्रक्रिया सुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको स्वास्थ्यतर्फको इन्स्पेक्टर पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

Advertisement

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले सशस्त्र प्रहरी बलमा प्राविधिक समूह, स्वास्थ्यतर्फको रिक्त इन्स्पेक्टर पदमा बढुवाका लागि बुधबार साँझ सूचना प्रकाशित गरेका छन् ।

डीआईजी खड्काले जारी गरेको सूचनामा प्राविधिक समूह, स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि ७ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

डीआईजी खड्का बढुवा समितिका सदस्य सचिव हुन् ।

प्रतिक्रिया