आइतबार, जेठ ६, २०८१

प्रहरीका ६ एसएसपीको सरुवा : काठमाडौंमा बोहोरा, उपत्यका अपराध अनुसन्धानमा भट्टराई

मेरोन्यूज २०७९ असार २२ गते १५:३४

काठठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा भएको छ ।

Advertisement

प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा गरेको हो ।

मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकास राज खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र विपद् व्यवस्थापन कार्यालय सामाखुसीमा कुवेर कडायतको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया