आइतबार, जेठ ६, २०८१

सर्लाही, धनुषा र कपिलवस्तुमा डुबेर तीन जनाको मृत्यु 

मेरोन्यूज २०७९ असार २२ गते १२:४८

सर्लाही । सर्लाही, धनुषा र कपिलवस्तुमा डुबेर तीन जनाको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको घरको आँगनमा राखेको पानीको ड्रममा डुबेर मंगलबार दिउँसो भएको हो ।
घरमा खेल्ने क्रममा ड्रममा डुबेर अशक्त भएकी उनको नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुर स्कुल टोलस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय सन्तोष महराको मंगलबार मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–२ हल्लानगर बस्ने ८ वर्षीय सुचाङ रोका मगरको सोही ठाउँस्थित सुरई खोलामा डुबेर मंगलबार मृत्यु भएको छ ।

प्रतिक्रिया