आइतबार, जेठ ६, २०८१

युवतीलाई अश्लिल प्रश्न सोधेर युट्युबमा राख्ने लामा पक्राउ

मेरोन्यूज २०७९ असार २१ गते १८:१९

काठमाडौँ । युवतीहरूलाई अश्लिल प्रश्न सोधेर युट्युब च्यानलमा राख्ने युवक पक्राउ परेका छन् । अश्लिल शीर्षकसमेत राखेर सामग्री पोष्ट गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले नुवाकोटको बेलकोटगढी नगरपालिका ७ का प्रवेशलाई पक्राउ गरेको हो ।

Advertisement

२२ वर्षीय लामाले ‘४ रियल टिभी’ नामक युट्युब च्यानलमा अश्लिल फैलाउने भिडियो बनाउँदै पोष्ट गर्दै आएका थिए । जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरेको ब्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया