बुधबार, जेठ २, २०८१

खनाललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७९ असार २१ गते १८:१३

काठमाडौँ । रिक्त रहेको सचिव पदमा सहसचिव डा. गोपीकृष्ण खनाल बढुवा भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गर्ने सिफारिस गरेको हो ।

Advertisement

बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका खनाल सचिवमा बढुवा हुने भएका हुन् । बढुवाका लागि ३ जना वरिष्ठ सहसचिवको नाम सिफारिस भएको थियो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा खनाल, दोस्रो नम्बरमा दीपक काफ्ले र तेस्रो नम्बरमा नारायणप्रसाद शर्माको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया