बुधबार, जेठ २, २०८१

एक सचिव बढुवा हुन तीन सहसचिवको नाम सिफारिस

मेरोन्यूज २०७९ असार २१ गते १५:१२

काठमाडौँ । एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । रिक्त रहेको पदका लागि लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

Advertisement

सिफारिस भएको नाममा डा. गोपीकृष्ण खनाल, दीपक काफ्ले र नारायणप्रसाद शर्मा रहेका छन् । उनीहरू क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा सिफारिस गरेको हो ।

खनाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह क्षमता विकास महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख छन् ।

यस्तै शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औद्योगिक तथा लगानी प्रबर्द्बन महाशाखा प्रमुख छन् ।

प्रतिक्रिया