आइतबार, जेठ ६, २०८१

शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु

मेरोन्यूज २०७९ असार २१ गते ६:५०

न्युयोर्क । अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएका छन् । एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए ।

Advertisement

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया