आइतबार, जेठ ६, २०८१

सुकुटे घुम्न पुगेकी युवती बलात्कृत, तीन जना पक्राउ

मेरोन्यूज २०७९ असार २० गते २१:११

काठमाडौँ । सुकुटे घुम्न पुगेकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् ।

Advertisement

बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगर १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

उनीहरू युवतीलाई जबरजस्ती करणी गरी फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे पुगेकी युवती आराम गर्न दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

आरोपीहरू एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएका भन्ने जाहेरीको आधारमा प्रतिवादीलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।

प्रतिक्रिया