आइतबार, जेठ ६, २०८१

बच्चाको कपडाको टाँकमा सुन लुकाएर ल्याउने व्यक्ति पक्राउ

मेरोन्यूज २०७९ असार २० गते १७:२७

काठमाडौँ । दुबईबाट नेपाल आएका एक यात्रुले बच्चाको कपडाको टाँकभित्र सुन लुकाएर ल्याइएको पाइएको छ । सोमबार बिहान नेपाल आएका सुमन दमाइ नाम गरेका यात्रुले बच्चाको कपडाको टाँकभित्र सुन राखेर तस्करी गरेका हुन् ।

Advertisement

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार उनले ल्याएको लगेज जाँच गर्ने क्रममा नाबालकले लगाउने सिंगल पिस पोशाक ५ थानको टाँकभित्र सुन पाइएको हो । प्रहरीले टाँकभित्र ६० वटा सुनका रिङ फेला पारेको हो ।

बरामद सुनको तौल करिब १२५ ग्राम रहेको छ । भन्सार कार्यालयअनुसार सुमन भिजिट भिसामा दुबई पुगेका थिए । पक्राउ परेका सुमनमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया