हत्या गरेको अभियोगमा एक जना पक्राउ
मेरोन्यूज
२०७९ असार २० गते १३:१०
सिन्धुली । कमलामाई नगरपालिका–६ धुरा बस्ने सुमन बिकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घ्याङलेख गाउँपालिका–३ तामाजोर बस्ने ३५ वर्षीया मायारानी थिङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
सोही नगरपालिका–६ लोकतान्त्रीकचोक नजिक डाँफे होटल एण्ड लजमा दुई जनाबिच झै–झगडा हुँदा मायारानीले सुमन बिकको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया