शुक्रबार, वैशाख १४, २०८१

मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु

मेरोन्यूज २०७९ असार १९ गते २१:२४

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका ७ स्थित धरान चतरा सडक खण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौंडा–सिन्धुली सडक खण्डअन्तर्गत बागमती ७ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती ९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको स्थानीयको भनाइ रहेको छ ।

दुर्घटनामा एक बालिकाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया