बिहीबार, वैशाख १३, २०८१

सिभिल बैंकको ९९ औँ एटीएम पोखराको लेक साइडमा

मेरोन्यूज २०७९ असार १९ गते २०:५५

काठमाडौँ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ सुरु भएको सिभिल बैंकले पोखराको लेक साइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रताप जंग पाण्डेले गरेका थिए ।

उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य अम्बिर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, बैंकका चिफ बिजनेस डिपोजिट तथा ट्राञ्जेक्सन बैंकिङ भोला बहादुर विष्ट, गण्डकी प्रदेशका प्रमुख समिर केसीको उपस्थिति थियो । हालसम्म बैंकको एटीएम सेवा ९९ पुगेको छ ।

प्रतिक्रिया