शनिबार, वैशाख ८, २०८१

मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन

मेरोन्यूज २०७९ असार १९ गते २०:४७

सप्तरी । जिल्लाको मिटरब्याजी रामदेव साहको अत्याचारबाट पीडित भएकाहरूले आइतबार सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका छन् ।

मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा उनीहरूले प्रदर्शन गरेका हुन् । गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै बजार परिक्रमा गरेर जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए ।

सप्तरीको खडक नगरपालिका ७ घर भई धरान बस्दै आएका साहले करडौँको रकम र सम्पत्ति ठगी गरी फरार भएका छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया