शुक्रबार, वैशाख १४, २०८१

मकवानपुरमा दुर्घटनामा परी मृत्यु

मेरोन्यूज २०७९ असार १९ गते २०:०२

काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिका ७ स्थित धरान चतरा सडक खण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार दिउँसो बागमती ९ स्थित बेतिनीबाट सिन्धुलीमा दुलही लिन जन्ती हिँडेको ना ७ त ८०७३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त ट्याक्टरमा सवार २१ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्थामा गम्भीर रहेका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडातर्फ ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया