शुक्रबार, वैशाख ७, २०८१

तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यबीच भेट वार्ता

मेरोन्यूज २०७९ असार १९ गते १९:३३

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूले भेट वार्ता गरेका छन् । आइतबार साँझ ललितपुर हात्तीवनस्थित एक निजी निवासमा भेट वार्ता भएको हो ।

भेटमा माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल सहभागी भएका छन् ।

त्योबेला नेकपाका सचिवालयमा रहेका केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादु थापा ‘बादल’ अहिले एमालेमा नै छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको छ ।

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ ।

प्रतिक्रिया