बिहीबार, वैशाख ६, २०८१

बारामा भारतीय नागरिकको शव फेला

मेरोन्यूज २०७९ असार १९ गते १९:१४

बारा । जिल्लाको महागढीमाई नगरपालिका २ इनर्वा चोकमा एक जना भारतीय नागरिको शव फेला परेको छ । स्थानीय राम जानकी मन्दिरको बराण्डामा आइतबार बिहान पुरूषको शव फेला परेको हो ।

मृतक पुरुष भारतको बिहार घर भई बिगत १ वर्षदेखि सो क्षेत्रमा माग्दै आएको प्रहरीले जनाएको छ । नाम थर नखुलेका अन्दाजी ७० वर्षका ती भारतीय नागरिकको मृत्यु पत्ता लागेको छैन ।

अनुसन्धान गरिरहेको प्रहरीले मृतकको शव प्रादेशिक अस्पलात कलैयामा राखिएको जनाएको छ ।

भारतीय नागरिको मृत्युका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया