मंगलबार, वैशाख ४, २०८१

एमालेले खटायो नेताहरू : अष्टलक्ष्मीदेखि सुरेन्द पाण्डेसम्मले पाए जिम्मेवारी

मेरोन्यूज २०७९ असार १९ गते १८:४७

काठमाडौँ । आज बसेको नेकपा एमालेको सचिवालय बैठकले सबै प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीका लागि काम गर्ने निर्णय गरेको छ । यसका साथै सबै प्रदेशमा उपाध्यक्षलाई खटाउने निर्णय गरेको छ ।

एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, बागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिइएको हो ।

उनीहरुले आगामी निर्वाचनको तयारी, विपद्मा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्ला स्तरमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन गर्नेलगायत काम गर्ने भएका छन् ।

प्रतिक्रिया