बुधबार, वैशाख १२, २०८१

फोन पेमार्फत पैसा पठाऔँ ठाउँको ठाउँ

मेरोन्यूज २०७९ असार १९ गते १७:१९

काठमाडौँ । फोनपे पेमेण्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङबारे जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले ‘फोन पे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोन पेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर बैंक कारोबार रकम पठाउन सकिन्छ ।

फोन पेले निरन्तर रुपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ । प्रविधि सञ्चालित तथा ग्राहक केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवालाई सरल, पहुँच योग्य र किफायती बनाउँदै वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

फोन पे डाइरेक्ट फोन पेको डिजिटल कारोबारको इकोसिष्टम अन्तर्गतको अर्को नवीन सेवा हो । यहाँ मोबाइल बैंकिङ्ग एपमार्फत् सहज एवं सुरक्षित रुपमा रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ ।

पैसा पठाउनका लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ । लगइन गरेपछि सेण्ड मनी अप्सनमा फोन पे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ ।

फोन पे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आबद्ध छन् । हाल एक डेढ करोडभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत फोन पेले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया