बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ उपत्यकामा सिटिजन्स बैंकको ३ शाखा थपियो

मेरोन्यूज २०७९ असार १९ गते १६:५९

काठमाडौँ । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा काठमाडौँमा थप तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौँ ठूलो भर्‍याङ्ग, थली र बूढानीलकण्ठमा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै काठमाडाैँ उपत्यकामा यस बैंकको शाखा ३२ वटा पुगेको छ ।

यी शाखामार्फत ग्राहकले बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टी.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा दिने भएको छ । यस्तै, चार वटा शाखा स्थानान्तरण गर्ने कामसमेत पूरा भएको छ ।

करिब १४ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले देशभर १७७ वटा शाखा, १२९ वटा ए.टी.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया