शुक्रबार, वैशाख ७, २०८१

प्रचण्डको प्रतिवेदन पूर्णपाठ : कांग्रेस सहरभन्दा गाउँमा कमजोर, एमाले गाउँ-सहरमा उस्तै, माओवादी गाउँमा मजबुत

मेरोन्यूज २०७९ असार १९ गते १६:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा मजबुत बन्दै गएको बताएका छन् । कांग्रेस शहरको तुलनामा गाँउमा कमजोर बनेको, एमाले गाँउ र सहरमा उस्तै देखिएको र माओवादी केन्द्र भने सहरमा भन्दा गाँउमा मजबुत देखिएको बताएका हुन् ।

पार्टी केन्द्रीय समिति बैठकमा उनले पेश गरेको १० पृष्ठको दस्तावेजमा त्यस्तो उल्लेख छ ।

प्रचण्डले गठबन्धनमा माओवादी सवैभन्दा इमान्दार देखिएको, कांग्रेस आफुलाई कसरी को सँग मिल्दा फाइदा हुन्छ, उसैसँग पनि मिल्ने प्रवृति देखा परेको र एकीकृत समाजवादीले भने हैसियत भन्दा पनि धेरै मागेको उल्लेख गरेका छन् ।

कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक मत बदर भएको पनि प्रचण्डले बताएका छन् ।
एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डको भनाइ छ ।

जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको भन्दै प्रचण्डले माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए ।
प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो पार्टी (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोचाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्।’
यस्तै प्रतिवेदनमा ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको’ उल्लेख गरेका छन् ।

हेर्नुहोस प्रतिवेदनको पूर्ण पाठ

प्रतिक्रिया