शनिबार, वैशाख १५, २०८१

केएमसी स्कुलका कर्मचारी मृत्युपछि तोडफोडमा उत्रिए आफन्त, प्रहरीलाई शव उठाउन सकस

मेरोन्यूज २०७९ असार १९ गते १४:१३

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको कर्मचारी शनिबार झुण्डिएको अवस्थामा मृत फेला परेपछि केएमसी स्कुल आइतबार तनावग्रस्त भएको छ ।
काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी डेढ वर्षदेखि स्कुलको क्यान्टिनमा काम गर्ने २१ वर्षीया रमा रायमाझी शनिबार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको मृत्यु रहस्यमयी भएको भन्दै आफन्तहरु आन्दोलनमा उत्रिएका थिए । आफन्तहरुले घटनाको छानबिन गर्न माग गर्दै स्कुलमा ढुङगा प्रहार गर्दा स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ ।

स्थिति तनावपुर्ण भएपछि स्थिति नियन्त्रणमा लिन उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । आफन्तले शव उठाउन पनि मानेका छैनन् ।

प्रतिक्रिया