शनिबार, वैशाख ८, २०८१

केएमसी स्कुलमा कार्यरत कर्मचारी मृत फेला, आफन्त दिए स्कुलमा धर्ना

मेरोन्यूज २०७९ असार १९ गते ११:४५

काठमाडौं । बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । स्कुलमा कार्यरत रमा रायमाझी मृत भेटिएकी थिईन् ।
मृतकका आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिबार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।

आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् ।

स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया