बिहीबार, वैशाख १३, २०८१

सुनको मुल्य बढ्यो, तोलामा कति पुग्यो

मेरोन्यूज २०७९ असार १९ गते ११:३४

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघले गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
गत साताको शक्रुबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम थियो । आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार १ हजार २१० रुपैयाँ थियो ।

प्रतिक्रिया