बिहीबार, वैशाख १३, २०८१

कर्कटलाई आजको दिन यात्रामा सफलता मिल्ने,तपाईको राशिफल कस्तो ?

मेरोन्यूज २०७९ असार १९ गते ७:१४

काठमाडौ । आाज मिति आज १९ असार विसं.२०७९, आइतबार । जुलाई महिनाको ३ तारिक २०२२ । असार शुक्लपक्ष चतुर्थी तिथि, विष्टि करण, अश्लेषा नक्षत्र, बज्र योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आजको देवता वरुण र ग्रहदेव चन्द्रमा रहेको छ । आज विहान सूर्योदयको दर्शन गर्नु सबैका लागि उत्तम हुनेछ । विहान ०५ः१३ मा सूर्योदय हुनेछ भने ०७ः०३ मा सूर्यास्त हुनेछ । आइतबारको दिन सरकारी कामको शुरुवात गर्दा शुभ हुनेछ । आज कुनै नयाँ पुस्तकको अध्ययन शुरु गर्दा पनि शुभ हुनेछ ।

यस्तो छ आजको राशिफल

मेष

स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ कामका अघि बढ्नु बेश हुनेछ ।

वृष

तपाईको लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन

स्वास्थ्यमा सुधार हुनेछ । धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा सफलता मिल्नेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु होला । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन तपाईले कुनै नयाँ र शुभकार्य गर्नु लाग्नु भएको छ भने शुभ हुनेछ ।

सिंह

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला । आजको दिन व्रत गर्नु निकै फलदायी हुनेछ ।

कन्या

छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ ।

तुला

मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ। त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक

आज तपाईको सोच अनुसार काम हुनेछ । विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि अपमानजनक शब्द नबोल्नुहोला ।

धनु

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । धन खर्च गर्दा एक पटक सोच विचार गर्नुहोला ।

मकर

ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ ।

कुम्भ

तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।

मीन

विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्दा शुभ हुनेछ । आज तपाईले गर्ने काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ ।

प्रतिक्रिया