आइतबार, जेठ ६, २०८१

भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

मेरोन्यूज २०७९ असार १८ गते ९:४४

काठमाडौँ । गुल्मीमा भाइबुहारी बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ निवासी ३५ वर्षीय पुरुषले आफ्नै सहोदर भाइकी श्रीमती बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

Advertisement

गत असार १४ गते दिउँसो भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शुक्रबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ती महिलाका श्रीमान् रोजगारीका लागि देश बाहिर छन् ।

प्रतिक्रिया